Thursday May 2, 2024
BS 2081 Baishak 20
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

अमेरिकामा ‘देश छाड’ भन्दै हत्या

Feb 25, 2017 under World 513 , Accidents/Incidents 105

फाल्गुन १४, २०७३- अमेरिकाको कान्सास राज्यस्थित एक रेस्टुरेन्टमा अमेरिकी पूर्वसैनिकले ‘मेरो देश छाड’ भन्दै एक भारतीय इन्जिनियरको गोली हानी हत्या गरेका छन् । कान्सासस्थित अस्टिन बार एन्ड ग्रिल नामक रेस्टुरेन्टमा आडम प्युरिन्टन नामका व्यक्तिले गोली हानी भारतको हैदरावादका ३२ वर्षीय इन्जिनियर श्रीनिवास कुचिभोट्लाको हत्या गरेका छन् । घटनामा उनका साथी आलोक मदासिनी र गोली प्रहारको प्रतिकार गर्ने अमेरिकी नागरिक इयान ग्रिलोट घाइते भएका छन् । 

कान्सास सिटी स्टार पत्रिकाले प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै जनाए अनुसार प्युरिन्टनले आक्रोशित हुँदै मेरो देश छाड भन्न थालेपछि रेस्टुरेन्टका कर्मचारीले उनलाई बाहिरिन भनेका थिए । त्यसपछि उनी बाहिरिए । तर लगत्तै भित्र पसेर गोली प्रहार गरेका थिए । भारतीयहरूलाई बचाउने क्रममा अमेरिकी नागरिक इयान ग्रिलोट पनि घाइते भएका थिए । 

घटनापछि भागेका प्युरिन्टन ९० माइल टाढाको मिसौरीको क्लिन्टनस्थित रेस्टुरेन्ट पुगेर रक्सी पिउँदै आफूले मध्यपूर्व मूलका दुई मानिसको हत्या गरेको र लुक्ने ठाउँ चाहिएको बताएका थिए । उक्त रेस्टुरेन्टका कर्मचारीको सहयोगले घटनाको ६ घण्टापछि उनी पक्राउ परेका थिए । आक्रमणकारी प्युरिन्टन अमेरिकी जलसेनाका पूर्वकर्मचारी हुन् । 

संघीय गुप्तचर ब्युरोका एरिक  à¤œà¥à¤¯à¤¾à¤•à¥à¤¸à¤¨à¤²à¥‡ उक्त घटना नागरिक अधिकारको उल्लंघन या जातीय आक्रमण भए/नभएकोबारे अनुसन्धान भइरहेको बताएका छन् । स्थानीय सञ्चारमाध्यमहरूले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै यो आक्रमण जातीय आक्रमण भएको जनाएका छन् । दुई भारतीयलाई मध्यपूर्व मूलका मानिस सम्झेर आक्रमण गरेको अनुमान गरिए पनि यसबारे प्रहरीले केही भनेको छैन । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले उक्त हत्या जातीय आक्रमण भएको बारे प्रतिक्रिया दिन अस्वीकार गरे । 

घटनाको भारतले भत्र्सना गरेको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ट्वीटमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाएकी छन् । भारतले श्रीनिवासको शवको व्यवस्थापनका लागि दूतावासका दुई अधिकारी कान्सास पठाएको छ ।



फाल्गुन १४, २०७३- अमेरिकाको कान्सास रा
No news.
Australian Dollar to Nepalese Rs